Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमसीसीकी उपाध्यक्षसहितको टोली नेपाल आउँदै, काठमाडौंको सुरक्षा व्यवस्था कडा


    बिहिबार, भाद्र २४ २०७८
    920
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपालमा अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना स्वीकार गर्ने कि नगर्ने भन्ने बहस भइरहेको बेला एमसीसीकी उपाध्यक्ष फतिमा सुमार बिहीबार नेपाल भ्रमणमा आउँदैछिन् ।
     
    सुमार नेपाल आउने भएसँगै उनको सुरक्षालाई लक्षित गरी काठमाडौंको सुरक्षा व्यवस्था थप कडा पारिएको छ । एमसीसीको विरोधमा प्रदर्शन हुन सक्ने भन्दै काठमाडौंका प्रमुख चोकहरुमा बिहानैदेखि सुरक्षाकर्मीको तैनाथी बढाइएको छ । 

    थापाथली, नयाँबानेश्वर, पुतलीसडक, माइतीघर, महाराजगञ्ज लगायतका स्थानमा सशस्त्र प्रहरी गणको टोली परिचालित भएका छन् ।

    अमेरिकी अनुदान सहयोग सम्बन्धी सम्झौता एमसीसीको विरोधमा केही दिनयता काठमाडौं उपत्यकामा दिनहुँजसो प्रदर्शन हुँदै आएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार