काठमाडौं । न्युजिल्याण्डविरुद्धको पाँच खेलको टी-ट्वान्टी क्रिकेट सिरिज बंगलादेशले जितेको छ ।
बुधबार ढाकामा भएको चौंथो खेलमा ६ विकेटको जित निकाल्दै बंगलादेशले एक खेल अगाबै सिरिजआफ्नो बनाएको हो । यस जितसँगै बंगलादेशले सिरिजमा ३-१ को अग्रता समेत बनाएको छ ।
न्युजिल्याण्डले दिएको ९४ रनको सामान्य लक्ष्य बंगलादेशले १९ ओभर १ बलमा ४ विकेट गुमाएर पूरा गर्यो । बंगलादेशको जितमा कप्तान ममुदउल्लाहले अविजित रहदै ४३ रनको योगदान दिए ।
न्युजिल्याण्डका अजाज पलेटले २ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले १९ ओभर ३ बलमा अलआउट हुँदै ९३ रन बनाएको थियो । न्युजिल्याण्डका लागि विल योङले सर्वाधिक ४६ रन बनाएका थिए । बंगलादेशका नासुम अहमेद र मुस्ताफिजुर रहमानले ४/४ विकेट लिए ।
बंगलादेशको लागि यो ऐतिहासिक सिरिज जित हो । बंगलादेशले पहिलो पटक न्युजिल्याण्डविरुद्धको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिज जितेको हो ।