Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २३ पुग्यो


    मंगलबार, जेष्ठ १३ २०७७
    665
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ, १३ जेठ । मंगलबार कर्णाली प्रदेशमा थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि त्यम.त्यहाँ संक्रमितको संख्या २३ पुगको छ । पछिल्लो २४ घण्टामा गरिएको पीसीआर परिक्षणमा १२ जनामा पोजेटिभ देखिएको थियो । सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश अस्पतालको पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको थियो ।

    सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले नयाँ संक्रमित मध्ये प्रदेश राजधानी वीरेन्द्रनगरका आठ, भेरीगंगा नगरपालिकामा दुई र सिम्ता गाउँपालिकाका दुई जना छन्। उनीहरु सबै भारतबाट केही दिनअघि कर्णालीमा भित्रिएका हुन्।

    ‘एक जना महिलासहित १२ जनामा कोरोना पुष्टि भएको छ,’ महाशाखा प्रमुख डा। तिवारीले भने, ‘सबै भारतबाट केही दिनअघि मात्रै कर्णालीमा भित्रिएका हुन्।’ प्रदेश भित्रिने प्रमुख नाका बबई, वीरेन्द्रनगर भित्रिने नाका सुब्बाकुना र नेपाली सेनाले सञ्चालन गरिरहेको घण्टाघरको क्वारेन्टाइनमा राखिएका मध्ये केहीको स्वाब संकलन गरेर परीक्षण गरिएको थियो।

    कोरोना संक्रमित १२ जनालाई कोरोना विशेष अस्पताल कालागाउँमा राखिएको छ। सबैको स्वास्थ्य अवस्था सामान्य रहेको कोरोना विशेष अस्पतालका फोकल पर्सन डा. केएन पौडेलले जानकारी दिए। कर्णालीमा हालसम्म कोरोना संक्रमितको संख्या २३ पुगेको छ। यि मध्ये दैलेखका आठ जना छन् भने बाँकी सुर्खेतका हुन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार