चितवन । प्रहरी आचरण बिपरीत क्रियाकलापमा संलग्न भएकाले कारबाहीको माग गर्दै चितवनका प्रहरी प्रवक्ता (डिएसपी) सूर्यबहादुर थापा विरुद्ध प्रहरी प्रधान कार्यालयमा दर्जन भन्दा बढी उजुरी परेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनमा बिगत १६ महिनादेखि प्रहरी प्रवक्ताको रूपमा जिम्मेवारी सम्हाल्दै आएका डीएसपी थापाविरुद्ध असार महिनादेखि हालसम्म दर्जन भन्दा बढी उजुरी परेकोे स्रोतले जनाएको छ ।
डीएसपी थापाविरुद्ध आफ्नै समकक्षीले समेत प्रहरी प्रधान कार्यालयमा उजुरी हालेका छन् । उनीविरुद्ध असार १० गतेदेखि निरन्तर बेनामी उजुरी परिरहेको स्रोतले जनाएको छ ।
डिएसपी थापाविरुद्ध विभिन्न मितिमा उजुरी परेको भए पनि चितवन प्रहरीले भने त्यसलाई कुनै किसिमको छानबिन नगरी ढाकछोप गर्दै उल्लेखित उजुरीउपर कुनै सत्यता नरहेको भन्दै प्रहरी प्रधान कार्यालयमा जवाफ लेखि पठाउने गरेको चितवन प्रहरी स्रोत बताउँछ ।
तर, छानबिन समिति समेत गठन नै नगरी जिल्ला प्रहरी कार्यालयबाटै चोख्याउने कार्य हुँदै छ, जुन दुःखद् हो । उनले थपे, आवश्यक अनुसन्धान गरी कारबाही गर्नु भनी तालुक कार्यालयले मजकुर कार्यालय बागमती प्रदेश प्रहरी कार्यालयबाट जिल्ला प्रहरी कार्यालय चितवनलाइ पत्र त लेखि पठाउँन्छ ।
तर, प्रहरीले दुई तीन महिना गुनासोलाइ पेन्डिङ गरेर तालुक कार्यालयलाई नै झुक्याउने गरी झुठा प्रतिवेदन बनाएर पठाउने गरिएको छ । उनले थपे, तल्लो दर्जाका प्रहरी कर्मचारीको विरुद्धमा अहिलेसम्म उजुरी र गुनासो आएको भए सो, स्थानबाट तत्काल हटाउने देखि स्पष्टीकरण सोध्ने, बिभागिय कारबाहीसम्म हुने गथ्र्यो । तर, प्रहरी अधिकृत भएकै कारण उनलाई बचाउने तथा जोगाउने काम हुँदै आएको छ ।
स्रोतका अनुसार डीएसपी थापा विरुद्ध आफूनिकटका आसेपासेलाई राम्रो कार्यालयमा राखेको, बिदा स्वीकृति नगरेको, कर्मचारीको व्यवहार सेवाग्राही मैत्री नभएको, मुद्दा फाँट मार्फत् असुली गर्ने गरेको, एसपी ओम अधिकारीलाई गुमराहमा राख्दै मातहतका प्रहरी इकाइ पैसा लिने गरेको तथा खोलानालाबाट समेत अस्वाभाविक रूपमा पैसा असुल्ने गरेको र निम्न दर्जाका प्रहरी कर्मचारीहरुलाइ अनावश्यक सताउने, दुख दिने तथा अभद्र ब्यवहार गर्ने कार्य गरेको जस्ता गुनासोको ठेली प्रहरी मुख्यालयमा यतिबेला पुगेको स्रोत बताउँछ ।
ती उजुरीमध्ये एक उजुरीको ब्यहोरा यस्तो छ–उल्लेखित उजुरी–गुनासोका सम्बन्धमा सुक्ष्म रुपले अध्ययन मनन गरी सत्य तथ्य बुझ्दा निज प्रहरी नायव उपरीक्षकले कर्मचारी एवम् सेवाग्राहीहरुसँग राम्रो व्यवहार नगरेको, कर्मचारीहरुको बिदा स्वीकृत नगरेको लगायत उजुरीको विषयमा सत्यता नपाइएको, निज प्रहरी नायव उपरीक्षकले कर्मचारीहरुले मागे अनुसारको बिदा छाड्ने, तल्लो दर्जाको कर्मचारीहरुको पिरमर्का बुझ्ने असल स्वभावको भएको, प्रहरी आचरण बिपरीतको कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई सम्झाईबुझाई गर्दा गलत मनसायले गलत कार्य गर्न नपाएका व्यक्तिहरु चित्त नबुझेको कारण रिसिईबीले तथा खराब मनोबृत्ति भएका वा प्रहरीप्रति गलत सोच राख्ने व्यक्तीहरुले निराधार कपोकल्पित व्यहोराको उजुरी गरेको हुन सक्ने भनी लेखी पठाएका छन् ।
स्रोत भन्छ–उहाँ विरुद्ध उजुरी पर्ने क्रम जारी छ, आज (बुधबार) मात्रै पनि छानबिनका लागि हाम्रो जिल्लाको सामान्य प्रशासन शाखाबाट पत्र पठाएका छौँ । थप छानबिन गरेर नतिजा जाहेर गर्न इलाका प्रहरी कार्यालय टाँडीलाइ निर्देशन दिएका छौँ । टाँडीले भोलि छानबिन समिति गठन गर्छ भन्ने खबर पाएका छौँ, हेरौं अब टाँडीले के गर्छ ? ती प्रहरीले भने, टाँडीका प्रहरी प्रमुख इन्द्रबहादुर राना र जिल्लाका डिएसपी सुर्यबहादुर थापा ब्याजी भएकोले पनि छानबिन प्रभावकारी हुन नसक्ने ठोकुवा गरे ।
उसो, त चितवनमा डिएसपी थापाले नै आफ्नो सवारी चालकलाई सोचे अनुसारको पैसा कमाउन सकिएन भन्ने गरेको समेत आरोप लगाइएको छ । बजारमा अहिले उक्त कुराले माहोल निक्कै तात्तिएको छ । आफ्नो सवारी चालक मार्फत उनले चितवन सरुवा भई आएको र सोचे अनुसार राम्रो कमाइ नभएको भन्दै गुनासो गरेको बताइएको छ ।