Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आज थपिए १,६४० जना कोरोना संक्रमित, २,१६१ जना संक्रमणमुक्त,१० जनाको मृत्यु


    बुधबार, भाद्र २३ २०७८
    485
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो २४ घण्टामा थप १,६४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज  २ हजार १६१ जना संक्रमणमुक्त भएका छन् भने १० जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ७६७ जनाको पीसीआर परीक्षणमा १ हजार ३४७ र ३ हजार ६८८ को एन्टिजेन परीक्षणमा २९३ जना गरी १ हजार ६४० जनामा संक्रमण पुष्टि भएको हो ।

    हालसम्म नेपालमा कोराना संक्रमितको संख्या ७ लाख ७३ हजार ५२९ जना पुगेको छ ।जसमध्ये २७ हजार ६९० जना होम आइसोलेसनमा र १ हजार ७८९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । त्यस्तै कोरोना संक्रमणका कारण हालसम्म १० हजार ८८९ जनाको मृत्यु भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार