Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • गठबन्धनकाे भर पर्न हुँदैन, लोकतन्त्र मास्नका लागि हतियार उठाएका तत्वहरु संलग्न छन् – ओली


    बुधबार, भाद्र २३ २०७८
    950
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजावादी) अध्यक्ष माधवकुमार नेपाल कम्युनिष्ट आन्दोलनलाई ध्वस्त बनाउनमा लागेको आरोप लगाएका छन् । 

    बुधबार एमाले संसदीय दलको बैठकमा बोल्दै ओलीले नेपाल कम्युनिष्ट आन्दोलनलाई ध्वस्त बनाउन खाेजेकाे आरोप लगाएका हुन् ।

    आफ्नै पार्टी फुटाउने कार्य आपराधिक काम भएको बताउदै ओलीले पार्टी फुटाउनेदेखि जनआन्दोलनका उपलब्धि सक्ने कार्यमा उनीहरू लागेको बताए । 

    बैठकमा ओलीले लोकतन्त्र मास्नका लागि हतियार उठाएका तत्वहरु अहिले सक्रिय भएको पनि बताए । 
     
    गठबन्धनबाट लोकतन्त्रको रक्षा हुन्छ  भनेर भर पर्न नहुने भन्दै उनले भने – ‘यो गठबन्धनमा अनेक तत्वहरु रहेका छन् । आफ्ना स्वार्थका लागि जे गर्नपनि तयार हुने र  कुनै दृष्टिकोण विहीन तत्व रहेका छन् ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार