Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • माओवादी विघटन गर्न प्रचण्डकाे प्रस्ताब


    बुधबार, भाद्र २३ २०७८
    830
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी विघटन गर्न प्रस्ताब गरेका छन् ।

    उनले पार्टीलाई रूपान्तरण गर्न खोजेको र क्रान्तिकारी पार्टी बनाउन चाहे पनि नेता तथा कार्यकर्तामा रूपान्तरण  हुन नचाहेकाे भन्दै पार्टी विघटन गर्न प्रस्ताब गरेका हुन् ।

    सुरेश वाग्ले बासु र भीमसेन पोखरेल वैरागीको २३ औं स्मृतिमा बुधबार आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले भने, ‘एमालेजस्तै हुने हो भने त यो पार्टीको आवश्यकता र औचित्य नै के रह्यो र?, बरू योभन्दा राम्रो त यस्तो पार्टीलाई विघटन गरिदिनु हुन्छ।’ 

    ‘क्रान्ति गर्छौं भन्ने अनि प्रतिक्रान्ति गर्ने र जनतालाई धोका दिनुभन्दा त विघटन गरौं भन्ने हो । गुट बनाउने र पैसा प्राप्ति गर्ने भए एमालेमै गए भयो त, जानुभयो त हाम्रा केही साथीहरू उनले भने । ’ 

    उनले एमाले र कांग्रेसजस्तो माओवादी हुन नसक्ने पनि बताए । माओवादीको चरित्र क्रान्ति र परिवर्तन गर्न सक्ने रहेको उनको भनाइ थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार