Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमसीसी प्रयोग गरेर सत्ता गठबन्धन फुटाउने षडयन्त्र भएकाे प्रचण्डकाे आराेप


    बुधबार, भाद्र २३ २०७८
    975
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसी प्रयोग गरेर सत्ता गठबन्धन फुटाउने षडयन्त्र भइरहेको आराेप लगाएका छन् ।

    बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बाेल्दै प्रचण्डले मसीसी प्रयोग गरेर सत्ता गठबन्धन फुटाउने षडयन्त्र भइरहेको आराेप लगाएकाहुन् ।

    देशभित्रबाट पनि र देश बाहिरबाट पनि गठबन्धन तोड्ने षडयन्त्र भइरहेको बताउँदै उनले गठबन्धन जोगाउन र देशलाई क्षति नहुने गरी एमसीसीको समाधान गर्ने जानकारी दिए ।

    उनले भने, ‘यो गठबन्धन तोड्ने षडयन्त्र पनि भइरहेको छ, देशभित्रबाट पनि देश बाहिरबाट पनि । एमसीसी प्रयोग गरेर यसलाई फुटाउन सकिन्छ कि भनेर एकथरि लागिरहेका छन् ।’

    ‘हामी चाहिं यथास्थितिमा हुन सक्दैन भनिराख्या छौं । हामी सकेसम्म गठबन्धनलाई बचाएर, यसको पनि समाधान सकारात्मक ढंगले होस्, देशलाई क्षति नहुने ढंगले चाहेका छौं,’ उनलेभ ने ।

     

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार