Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • बेलारुसमा सडक प्रदर्शन गर्ने विपक्षी नेतालाई ११ बर्षको जेल सजाय


    बुधबार, भाद्र २३ २०७८
    630
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । बेलारुसका विपक्षी नेतालाई ११ बर्ष कैद सजाय सुनाइएको छ। बेलारुसको अदालतले उक्त फैसला सुनाएको हो। सेप्टेम्बर ६ सोमबारका दिन विपक्षी नेता मारिया कोलेसनिकोभालाई ११ वर्षको कैद सजाय सुनाइएको छ।

    कोलेसनिकोभाले राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोबिरूद्ध सामूहिक सडक प्रदर्शनको नेतृत्व गरेकी थिइन्। गत वर्ष सम्पन्न निर्वाचनमा धाँधली गरेको भन्दै विरोध गर्दै आएका उनलाई सरकारविरूद्ध कठोर बनेको र राष्ट्रिय हितविपरित काम गरेको अभियोग लगाइएको थियो।

    कोलेसनिकोभा र अर्का विपक्षी नेता म्याक्सिम नाकलाई राजधानी मिन्स्कमा बन्द ढोका पछाडि आयोजित एक सुनुवाईमा चरमपन्थी र ‘असंवैधानिक तरीकाले राज्य सत्ता कब्जा गर्ने’ षडयन्त्र गरेको आरोप लगाइएको छ।

    लुकाशेन्कोको सरकारको विरोधीहरुद्वारा गठित समन्वय परिषद्को एक प्रमुख सदस्य नाकलाई पनि १० बर्ष जेल सजाय सुनाइएको छ। कोलेसनिकोभाएक संगीतबाट राजनीतिमा आएकी हुन्। (एएफपीको सहयोगमा)

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार