Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • माधव नेपाल एमालेमा जन्मिएकाे कुपुत्र हाे, कुहिएर झरे अब एमालेले गतिलिन्छ- ओली


    मंगलबार, भाद्र २२ २०७८
    830
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई ‘कुहिएको फर्सी’को संज्ञा दिएका छन् ।

    मंगलबार पोखरामा कास्कीमा आयोजित वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले नेपाललाई ‘कुहिएको फर्सी’को संज्ञा दिएका हुन् ।

    ‘कहिले कहिले केही मान्छे नराम्ररी बिग्रन्छन्, फर्सी कुहिएझैं भित्रभित्र,’ नेपालप्रति लक्ष्य गर्दै ओलीले भने, ‘नेता नेता भन्नुहुन्थ्यो, मैले पनि भन्न भएन नेता कुहिएको छ है भनेर, तर भित्रभित्रै कुहिएको फर्सीभन्दा खतम भइसकेका ।’

    माधव नेपालले एमाले छाडेर एकीकृत समाजवादी पार्टी बनाएपछि एमाले अब राम्ररी अघि बढ्ने समेत ओलीले दाबी गरे ।

    ‘माधव नेपाल बिग्रिएका मात्र होइन, पतन नै भइसके,’ ओलीले भने, ‘अब माधव नेपाल बिनाको एमाले राम्ररी अघि बढ्छ ।’

    माधव नेपाल एमालेमा जन्मिएको कुपुत्र भएको दाबी गर्दै उनले झरेको पातझैं झरेको टिप्पणी गरे । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार