काठमाडाैं । पछिल्लो २४ घण्टामा नेपालमा एक हजार ६७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार मंगलबार १५ हजार ३४ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् । नेपालमा अहिले ३० हजार ३०३ जना सक्रिय संक्रमित छन् ।
त्यस्तै मंगलबार दुई हजार ७२ संक्रमित निको भएका छन् । योसँगै अहिलेसम्म सात लाख ३१ हजार जना संक्रमणमुक्त भइसकेका छन् ।
संक्रमणबाट पछिल्लो २४ घण्टामा २१ जनाको मृत्यु भएको छ । अहिलेसम्म कोरोनाको संक्रमणबाट नेपालमा १० हजार ८७९ जनाको मृत्यु भएको छ ।
यस्तै काठमाडौं उपत्यकामा थप पाँच सय १९ कोरोना संक्रमित थपिएका छन् ।
काठमाडौंका ३६४, ललितपुरका ८९ र भक्तपुरमा ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।