Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रधानमन्त्री कि योगागुरु केपी ओली ?


    सोमबार, जेष्ठ १२ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • ५ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सोमबार अपराह्न राष्ट्रका नाममा गरेको सम्बोधनमा कोरोना नियन्त्रण र रोकथामकै बिषयमा केन्द्रित थियो । उनको सम्बोधनमा कोरोना नियन्त्रणका लागि गरिएका प्रयासदेखि विदेशबाट नेपाली फर्काउनेसम्मका कुरा थिए । त्यसका अतिरिक्त कोरोनाबाट थिलथिलो भएको अर्थतन्त्र उकास्नका लागि कृषिलाई प्राथमिकता दिइएको बिषय र सामाजिक सुरक्षा भत्ता कटौती गर्ने भ्रमपूर्ण कुराहरुको खण्डन पनि थियो । तर सम्बोधनमा प्रमुखताका साथ उठाइएको योगा र आहार बिहारको चर्चा बढी भएको छ ।

    प्रधानमन्त्रीले भनेका योगा र आहारबिहारका कुरा अहिलेसम्म योगागुरु र बाबाहरुले भन्दैआएका थिए । भारतका रामदेव बाबाले हरेक दिन योगाका माध्यमबाट स्वस्थ रहन अनुरोध गर्दैआएका छन् । प्रधानमन्त्रीको भाषण सुनेपछि कतिपयले त प्रधानमन्त्री ओली कहिलेदेखि योगगुरु भएछन् भनेर टिप्पणी पनि गर्न थालेका छन् ।

    प्रधानमन्त्री ओलीले ब्यायाम र आहारबिहारको प्रसंग उल्लेख गर्दै निरोगी नेपाल बनाउने पाँच सूत्र पालना गर्न जनसमुदायमा आग्रह गरेका छन् । उनले योगगुरु रामदेव बाबाले दिएको प्रबचनकै शैलीमा ती पाँच टिप्सको पालना गरे निरोगी नेपाल बन्नसक्ने बताएका छन् । प्रधानमन्त्री ओलीले निरोगी नेपालका लागि दिएका पाँच टिप्स हुन्ः

    – पहिलो, यस महामारीसँग लड्दै निरोगी नेपाल निर्माणमा आफूलाई तयार राख्न उपलब्ध आहारलाई स्वच्छ र सन्तुलित बनाऔं ।
    – दोस्रो, लकडाउनको समयमा उपलब्ध फुर्सदलाई स्वस्थ रहन उपयोग गरौं । शारीरिक र स्वास प्रस्वासको चुस्तताको लागि घरैभित्र व्यायामलाई निरन्तरता दिऊँ ।
    – तेस्रो, भाइरस फोहरमा रमाउँछ, आफ्नो शरीर र बासस्थान दुबैको सरसफाइमा एकदमै ध्यान दिऊँ ।
    – चौथो, स्वस्थ रहनका लागि पर्याप्त आराम आवश्यक छ, यसमा ध्यान दिऊँ ।

    – पाँचौं, उच्च मनोबल कायम राखौं । भय र त्रास, चिन्ता र आशंकाले रोग–व्याधीका विरुद्धको लडाईँमा कमजोर तुल्याउँछ ।
    प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा भनेका छन्–‘कोरोना भाइरसको महामारी हत्तपत्त नहट्न पनि सक्छ भन्ने वास्तविकतालाई हामीले आत्मसात् गर्नुपर्छ । भाइरसको औषधि छैन, यस भाइरसको पनि औषधि छैन । विज्ञहरु भनिरहेका छन्– यस भाइरसका विरुद्धको नयाँ खोप पत्ता नलागेसम्म यस महामारीमाथि नियन्त्रण गर्ने उपलब्ध उपाय भनेकै हाम्रो आनीबानी र आहार–विहारमा आवश्यक सतर्कता अपनाउनु हो ।

    हालसम्मका उपायहरु हुन्, भाइरसलाई व्यक्तिबाट व्यक्तिमा सर्न नदिन सामाजिक दूरी कायम गर्ने र हरेक व्यक्तिमा प्रतिरोधी क्षमता बृद्धि गर्ने । सोचौं, हुनेखाने हुन् वा हुँदा खानेको, अचारको रुपमा होस् वा तरकारी, हाम्रा भान्छामा प्रयोग हुने केही तत्वहरुमा किन समानता पाइन्छ ? किनकि त्यसमा औषधीय तत्व छ । हाम्रा पूर्वजहरूले हजारौं वर्ष अगाडिदेखि गहिरो अनुसन्धान गरेर प्रचलनको रूपमा अघि सारेका र हाम्रा भान्छामा प्रयोग हुँदै आएका ती औषधीय तत्वले रोगको प्रतिरोध क्षमता बढाउन बल पु¥याइरहेका छन् । तसर्थ निरोगी नेपाल निर्माणको लागि पाँच कुरा पालना गर्न अनुरोध गर्दछु ।

    उनले अगाडि भनेका छन्, कोरोना भाइरसबाट जीवन गुमाउनेको संख्या प्रतिशतमा हेर्ने हो भने हामीले सामान्य ठानेका मौसमी रुघाखोकीबाट मर्नेको भन्दा कम छ भन्ने त तथ्यांकले नै बताएको छ । नभुलौं, हरेक चुनौतीको सामना गरेर नै मानवजाति आजको स्थानमा आइपुगेको हो । मानव जातिले सभ्यताको इतिहासमा असाधारण प्रतिकूलताहरूको सामना गरेको छ । हिम युगजस्ता अनेक कठीन समय पार गरेको छ । औषधि र अस्पताल नै नभएको बेलामा समेत अनेकन महामारीहरूको सामना गरेर अघि बढेको छ । मैले पहिले पनि चर्चा गरेको छु– चुनौतीको सामान गर्ने, लडेको ठाउँबाट धुलो टक्टक्याउँदै उठ्ने र अघि बढ्ने नेपालीको चरित्र हो । हाम्रो आनीबानी र खानपिन ठीक हुँदा हामी जोगिन्छौं र कोरोनालाई पराजित गर्न सक्छौं । त्यसैले, सकारात्मक सोच राखौं ।

    – सरकारले यसलाई ‘निरोगी नेपाल निर्माण अभियान’ भनेको छ, ‘निरोगी नेपाल निर्माण’लाई मूल स्वास्थ्य नीति बनाएको छ । प्रकृतिमैत्री स्वच्छ जीवनप्रणाली प्रबद्र्धन गरी नेपालीको रोग प्रतिरोधी क्षमता बृद्धि गर्न निरोधात्मक कार्यक्रम सञ्चालन गर्ने नीति अघि सारिएको छ । हाल कोरोना महामारी विरुद्ध सबै सामथ्र्य लगाउने र कोरोना मुक्त नेपालको स्वास्थ्य सेवामा प्रतिरोधात्मक र उपचारात्मक विधि अवलम्बन गर्न सरकार प्रतिबद्ध छ ।

    – नेपालीहरूको मनोबल उच्च छ र प्रतिरोध क्षमता पनि असाधारण छ । यस महामारीलाई सरकारले अघि सारेका विभिन्न उपायहरूसहित आफ्नो उच्च मनोबल र प्रतिरोध क्षमताका साथ पराजित गर्नेछौं भन्ने मैले विश्वास लिएको छु ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार