Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पीएनजी १३४ रनमा अलआउट, सन्दीपले लिए ४ विकेट


    मंगलबार, भाद्र २२ २०७८
    750
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पपुवा न्युगिनीसँगको पहिलो एक दिवसीय क्रिकेटमा नेपालले १३५ रनको लक्ष्य पाएको छ ।

    ओमानको अल अमिरात क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको पीएनजीले ३३ ओभरमा अलआउट हुँदै एक सय ३४ रन बनायो । पीएनजीका लागि लेगा सिकाले ३०, चार्लेस अमिनीले २३ र गौदी टोकाले २२ रन बनाए ।

    बलिङतर्फ नेपालका सन्दीप लामिछानेले चार विकेट लिए, १० ओभर बलिङ गरेका सन्दीपले ३५ रन दिएर चार विकेट लिएका हुन् । त्यस्तै विक्रम सोब र कुशल मल्लले दुई–दुई विकेट लिए । सोमपाल कामीले एक विकेट लिए ।

    नेपाल र पीएनजीले दुई खेलको एक दिवसीय श्रृङ्खला खेल्न लागेका हुन् । यी दुईबीचको अर्काे खेल भदौ २५ गते स्थानीय समयअनुसार दिउँसो साढे दुई बजे हुनेछ । यो श्रृङ्खलापछि नेपाल, अमेरिका र ओमनबीच विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय श्रृङ्खला हुनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार