Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौंमा असोज १ गतेदेखि विद्यालय खुल्ने


    सोमबार, भाद्र २१ २०७८
    730
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । काठमाडौं जिल्लामा असोज १ गतेदेखि विद्यालयहरु खुला हुने भएका छन् ।

    सोमबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीसहित उपत्यकाका स्थानीय तहका शिक्षा समितिका अधिकृत, जिल्ला शिक्षा एकाइ प्रमुख र अभिभावक संघका प्रतिनिधिसहितको बैठकले यस्तो निर्णय गरेको हो ।

    काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार विद्यालय सञ्चालन गर्दा तोकिएबमोजिम अनिवार्य रुपमा स्वास्थ्य प्रोटोकल पालना गर्नुपर्ने छ । विद्यालयले स्वास्थ्य प्रोटोकल पालना गरे नगरेको अनुगमन गरिने छ ।

    कोरोना संक्रमणको दर कम हुँदै गएपछि विभिन्न स्थानमा विद्यालयहरु खुला भएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार