Nepal Face
  • आइतबार, १० साउन २०८३
  • १ हजार ८९७ जना काेराेना संक्रमित थपंदा १ हजार ७४३जना निको भए, २० जनाकाे मृत्यु


    सोमबार, भाद्र २१ २०७८
    570
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । पछिल्लो २४ घण्टामा थप १ हजार ८९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार सोमबार १५ हजार ९७९ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।

    पछिल्लो २४ घण्टामा ११ हजार ६०९ जनाको पिसिआर र ४ हजार ३७० जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

    त्यस्तै, १ हजार ७४३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । 

    यसको संक्रमणबाट थप २० जनाले ज्यान गुमाएका छन् । योसँगै मृत्यु हुनेको संख्या १० हजार ८५८ पुगेको छ ।

    हाल सक्रिय संक्रमित ३० हजार ९७३ सय छन् । यसैगरी हालसम्म निको हुनेको दर ९४.६ प्रतिशत रहेको छ ।

    यस्तै, संक्रमितमध्ये काठमाडौं उपत्यकामा ६०६ जनालाई संक्रमण देखिएको छ । काठमाडौंमा ४१८, भक्तपुरमा १०१ र ललितपुरमा ८७ जना संक्रमित थपिएका हुन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार