Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रेल सञ्चालनमा समय लाग्ने भएपछि कर्मचारी हटाइए


    सोमबार, भाद्र २१ २०७८
    610
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • जनकपुरधाम । नेपाल रेल्वे कम्पनीले यसअघिको नेतृत्वले ज्यालादारीमा नियुक्त गरिएका कर्मचारी हटाउने निर्णय गरेको छ ।

    कम्पनीका प्रबन्ध सञ्चालक नीरञ्जनकुमार झाले विज्ञप्ति जारी गर्दै ती कर्मचारीलाई आफूखुसी हाजिर नगर्न भनेका छन् ।

    कानूनी तथा प्राविधिक कारणले जयनगर–कुर्था खण्डमा रेल सेवा सञ्चालनमा केही समय लाग्ने बताइएको छ । तत्कालीन व्यवस्थापनबाट ज्यालादारीमा खटाउने भनिएका व्यक्ति हाजिर गरिरहेका बताइएको छ ।

    कार्यालयले काममा नखटाई आफूखुसी हाजिर गरेका आधारमा ज्याला रकम भुक्तानी गर्न नमिल्ने विज्ञप्तिमा उल्लेख छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार