Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • संखुवासभा हत्या प्रकरण: पेट काटेको र टाउकोमा चोट देखियो


    सोमबार, भाद्र २१ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • संखुवासभा । संखुवासभाको मादी नगरपालिका–१ मा हत्या भएका एकै परिवारका ६ जनामध्ये तेजबहादुर कार्कीको पेट काटेको र टाउकोमा चोट लागेको अवस्थामा शव फेला परेको छ । 

     वडा नम्बर १ का अध्यक्ष खेमनाथ कटुवालका अनुसार तेजको पेट र टाउकोमा चोट लागेको देखिन्छ भने बच्चाहरूको शरीरमा चोट देखिएकाे छैन ।

    यस्तै, खोलामा भएका बुहारीहरूको शव परबाट हेर्दा केही देखिँदैन ।

    उनका अनुसार घरमा अन्य सदस्यहरू २२ वर्षीय नरेश कार्की र २५ वर्षीय रमेश कार्की वैदेशिक रोजगारीमा छन् ।

    गएराती स्थानीय वृद्ध ९३ बर्षीय बौद्धमान कार्कीको परिवारका ६ जनाको हत्या भएको हो । आँखा देख्न र कान सुन्न नसक्ने बौद्धमान भने सकुशल रहेका छन् ।

    परिवारका ५८ वर्षीया तेजबहादुर कार्की, उनकी आमा ८० वर्षीया पार्वता कार्की, श्रीमती ५६ वर्षीया मनमाया कार्की, २८ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीय नाती दिपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्की मृत अवस्थामा भेटिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार