Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ताप्लेजुङका नौ जना जनप्रतिनिधिद्वारा नेकपा समाजवादीमा सनाखत


    सोमबार, भाद्र २१ २०७८
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • ताप्लेजुङ । जिल्ला समन्वय समिति ताप्लेजुङका उपप्रमुख देवीमाया नेपालीसहित जिल्लामा नौ जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) पार्टीका पक्षमा आइतबार सनाखत गराएका छन् । 

    जिल्ला निर्वाचन कार्यालयमा पुगेर उपप्रमुख नेपाली सहित मेरिङ्देन गाउँपालिका –६ का वडाध्यक्ष ठाकुरसिंह लिम्बू,प्रवक्ता सूर्यमान बराइली, कार्यपालिका सदस्य दोर्जी शेर्पा, वडा नं १ का सदस्य मानबहादुर लिम्बू, वडा नं २  का सदस्य पूर्णबहादुर कामी, वडा नं–३ का वडाध्यक्ष गजेन्द्रकुमार नाल्बो, दलित महिला सदस्य दिलमाया नेपाली र समन्वय समिति सदस्य निमातेन्जी शेर्पा छन् । 

    दल विभाजनसम्बन्धी अध्यादेशमा यही भदौ २२ गतेसम्म नयाँ दल रोज्न पाउने व्यवस्था गरिएको जनाइएको छ । सोही अवधिमा नागरिकता, मतदाता परिचयपत्र, निर्वाचित भएको प्रमाणपत्रसहित स्वयं उपस्थित भएर सनाखत गर्न सकिने निर्वाचन कार्यालयले जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार