Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सिन्धुपाल्चोकमा पहिरो : हेलम्बु राजमार्ग अवरुद्ध


    सोमबार, भाद्र २१ २०७८
    590
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • मेलम्ची। अविरल वर्षाले मेलम्ची नगरपालिका  १२ र १३ को विभिन्न ठाउँमा पहिरो जाँदा हेलम्बु राजमार्ग अवरुद्ध भएको छ । 

    मेलम्ची–१२ बाहुनेपाटी र १३ मेलम्ची–जिरोकिलो सडकखण्डस्थित फटकशिलामा गए रातिदेखि पहिरो खसिरहेकाले सडक अवरुद्ध भएको हो । 

    सिन्धुखोलामा विद्युत्को पोल ढल्दा मेलम्ची बजारलगायत ठाउँमा विद्युत् सेवासमेत अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक टीकाराम राईले जानकारी दिए ।

    वर्षा रोकिएपछि मात्र पहिरो पन्छाएर सडक  सञ्चालनमा ल्याउ सकिने र निकै जोखिम रहेकाले अहिले वैकल्पिक सडक प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार