Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पन्चशीर उपत्यकाका चार जिल्ला कब्जा गरेको तालिबानको दावी


    सोमबार, भाद्र २१ २०७८
    780
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । अफगानिस्तानको पन्चशिर उपत्यकाका चार जिल्ला कब्जा गरिएको तालिवान विद्रोहीहरूले दावी गरेका छन् । 

    विद्रोहीहरूले आक्रमण गरेपछि केही घण्टा दोहोरो भिडन्त भएको त्यस क्षेत्रमा अन्ततः तलिबान समूहले चार जिल्ला कब्जा गरेको दाबी गरेको हो । तर, तालिबान विद्रोहीलाई प्रतिकार गरेको पक्षले भने तालिबान विद्रोहीको दाबीको खण्डन गर्दै त्यो क्षेत्र अझै पनि आफूहरूकै नियन्त्रणमा रहेको दाबी गरेका छन् ।  

    तालिबान विद्रोहीहरूले पन्चशिर उपत्यकामा पर्ने शुतुल, पार्यान, खिन्ज र अब्शार जिल्ला कब्जा गरेको दाबी गरेका हुन् । दुवै पक्षले आ–आफ्नो दाबी गरेपछि अन्यौलता सृजना भएको छ । त्यस क्षेत्रमा अहिले पनि भिडन्त जारी नै रहेको जनाइएको छ । 

    पन्चशिर उपत्यकामा भिडन्तका कारण सञ्चार सेवा पनि टुटेकाले थप विवरणहरू सार्वजनिक हुन गाह्रो भएको स्थानीय सञ्चारकर्मीहरूले बताएका छन् ।

    भिडन्तका क्रममा पान्जशिरमा कैयौँको मृत्यु पनि भएको र कैयौँ घाइते भएको अधिकारीहरूले जानकारी दिएका छन् । तर पूरा विवरण भने आउन बाँकी छ ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार