Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमसीसीविरुद्ध राष्ट्रिय जनमोर्चाले भदौ २२ मा देशव्यापी प्रदर्शन गर्ने


    आइतबार, भाद्र २० २०७८
    740
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाले एमसीसी इण्डोप्यासिफिक रणनीतिको अंग भएको भन्दै यसलाई कुनै हालतमा अनुमोदन गर्न नहुने बताएकाे छ ।

    आइतबार प्रेस विज्ञप्ति जारी गर्दै जनमोर्चाका अध्यक्ष चित्रबहादुर एमसीसीविरुद्ध भदौ २२ गते देशव्यापी सांकेतिक विरोध प्रदर्शन गर्ने जानकारी दिएका छन् । 

    ७७ वटै जिल्लामा विरोध सभा, जुलुस, कोणसभा, अन्तरक्रिया, गोष्ठी लगायत विरोध कार्यक्रम गर्ने जनमोर्चाले जनाएको छ ।

    ‘एमसीसी वा यस्तै गम्भीर प्रकृतिका र विवादास्पद विषयहरु सरकारले यो अवधिमा नउठाउने एक प्रकारको भद्र सहमति हो । तर केही दिनयता राष्ट्रिय जनमोर्चा बाहेकका गठबन्धनका दलहरुबीच एमसीसीबारे छलफल भएको, एमसीसीको विज्ञापन प्रसारण भएको, एमसीए अमेरिकाका उपाध्यक्ष चाँडै नेपाल आउने, अमेरिकाले एमसीसीलाई संसदबाट पारित गराउन दिएको दबाब र चर्चाले एमसीसीलाई पारित गर्न चलखेल भएको सहज रुपमा अनुमान गर्न सकिन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

    राष्ट्रिय जनमोर्चाले एमसीएका उपाध्यक्षको आगमन, नेपाललाई एमसीसी पारित गर्न दिएको दबाबका विरुद्ध र गठबन्धन सरकारलाई सचेत पार्न मंगलबार सांकेतिक रुपमा देशव्यापी विरोधका कार्यक्रम गर्ने निर्णय गरेको जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार