Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ५० वर्षीय अटो चालकको हत्या: मृतकका छोरा भन्छन्– काकाले बुबालाई मारेर भागे


    आइतबार, भाद्र २० २०७८
    805
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • झापा । विर्तामोड नगरपालिका–४ मा एक व्यक्तिको हत्या भएको छ ।

    कचनकवल गाउँपालिका–३ का अट्टो चालक ५० वर्षीय भात्रु राजवंशीको हत्या भएको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले मृतकको टाउको, अनुहारलगायत शरीरको विभिन्न ठाउँमा चोटपटक देखिएकाले उनको हत्या नै भएको बताए । मृतकका छोरा १५ वर्षीय देवनारायण राजवंशीले कान्छा काकाले कोठामै बुबालाई मारेर भागेको प्रहरीलाई बताएका छन् ।

    सोही वडामा डेरा गरी बस्ने ३८ वर्षीय रतनलाल राजवंशीले कुटेर मारेको र त्यसपछि आफ्नो ९ वर्षीय छोरा श्रीमनलाई साइकलमा लिएर भागेको प्रहरीलाई जानकारी आएकाले उनको खोततलास भइरहेको प्रवक्ता थापाको भनाइ छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार