Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पन्जशीरका सैनिक र तालिबानीहरुबीचको युद्ध जारी : आफूहरु मजबुत रहेको दुवै पक्षको दाबी


    आइतबार, भाद्र २० २०७८
    385
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । तालिबानहरूले आफ्नो नियन्त्रणमा नरहेको पन्जशिर उपत्यकामा भइरहेको भीषण लडाइँमा प्रतिरोधी फौजहरूविरूद्ध उपलब्धि हासिल गरिरहेको उनीहरूले बताएका छन्। तर, प्रतिरोधी फौजका नेताहरूले तालिबानको दाबीलाई अस्वीकार गरेका छन्।

    पूर्व अफगान रक्षा मन्त्री बिस्मिल्लाह मोहम्मदीले पछिल्लो हमलामा इस्लामवादीहरूले ठूलो क्षति बेहोरेको जनाएका छन्।

    अमेरिकासँग मिल्दोजुल्दो धारणा राख्ने क्रममा शुक्रवार युरोपेली सङ्घ र ब्रिटेनले तालिबानले नयाँ सत्ता गठन गर्दा आफूहरूले मान्यता नदिने तर सञ्चारको ढोका खुल्ला राख्ने जनाएका छन्।

    तालिबान स्रोतले रोयटर्स समाचार संस्थालाई जानकारी दिए अनुसार उनीहरूले उक्त क्षेत्रमा नियन्त्रण कायम गरेका छन्। तर, लडाइँमा सामेल प्रतिरोधी फौज यसलाई अस्वीकार गर्छन्।

    उक्त समूहका नेता पूर्व अफगान राष्ट्रपति अमरूल्लाह सलेहले परिस्थिति अप्ठेरो रहेको उल्लेख गर्दै प्रतिरोधी फौजहरूले निरन्तर लडिरहने बताए।

    बीबीसीलाई पठाएको भिडिओ सन्देशमा उनले दुवै पक्षमा क्षति भएको बताएका छन्। ‘अहिले हामी अप्ठेरो परिस्थितिमा रहेकोमा कुनै आशङ्का छैन्। हामी तालिबानको आक्रमणमा परेका छौँ। तर हामी आत्मसमर्पण गर्दैनौँ। हामी अफगानिस्तानको पक्षमा उभिएका छौँ।’

    उनले आफू देशबाट भागेको भन्ने विवरण खण्डन गर्दै मानिसहरूलाई आश्वस्त पार्न भिडिओ पठाएको जनाएका छन्। तर, बीबीसीले स्वतन्त्रतापूर्वक उनको अवस्थिति पुष्टि भने गर्न सकेको छैन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार