Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपाल-भारतबीचको दोस्रो मैत्रीपूर्ण खेल आज, स्पष्ट जित हाँसिल गर्ने घरेलु टोलीको दाउ


    आइतबार, भाद्र २० २०७८
    670
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण खेल आज (आइतबार) हुदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अपरान्ह ५ः३० बजे शुरू हुनेछ।

    यसअघिको पहिलो मैत्रीपूर्ण खेलमा दुवै टोलीले बराबरी खेलेका थिए। उक्त खेल १-१ गोलको बराबरीमा सकिएको थियो । जसमा नेपालका लागि अन्जन बिष्टले गोल गरेका थिए। 

    आइतबारको दोस्रो खेलमा दुबै टोली स्पष्ट जितको खोजीमा हुनेछन् ।  फिफा वरीयतामा भारत नेपालभन्दा निकै माथि छ । भारत १०५औँ स्थानमा छ भने नेपाल १६८औँ स्थानमा छ।

    नेपालले हालसम्म सबै प्रतियोगितामा भारतसँग २० खेलमा प्रतिस्पर्धा गरिसकेको छ । तीमध्ये १३ खेलमा हार बेहोरेको छ भने २ खेलमा मात्र जित निकालेको छ। ५ खेल बराबरीमा सकिएको छ।

    माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपाल र भारतले मैत्रीपूर्ण खेल खेलेका हुन्। साफ च्याम्पियनसिप आगामी अक्टोबर १ देखि १६ सम्म आयोजना हुने हुँदैछ।  नेपाली टोली भारतसँगको मैत्रीपूर्ण खेलपछि १६ दिनको बन्द प्रशिक्षणका लागि कतार भ्रमणमा निस्कनेछ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार