Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • दुई प्रकारका सवारी लाइसेन्स वितरण सुरु


    आइतबार, भाद्र २० २०७८
    820
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । यातायात व्यवस्था विभागले दुई प्रकारको सवारी चालक अनुमतिपत्र वितरण सुरु गरेको छ । 

    यातायात व्यवस्था विभागका  महानिर्देशक नमराज घिमिरेले सवारी चालक अनुमतिपत्र प्राप्त गर्न ट्रायलमा उत्तीर्ण गरेकाको लागि र नवीकरणका लागि आवेदन दिएकालाई परीक्षणकालीन (प्रोभिजनल) सवारी चालक अनुमतिपत्र  वितरण सुरु गरिएको जानकारी दिए ।  

    विभागले शुक्रबारबाट यो प्रावधान कार्यान्वयनमा ल्याएको हो । उनले भने, “अहिले यातायात  व्यवस्था विभागको कार्यालय, काठमाडौँको एकान्तकुना र महोत्तरीको बर्दिबासबाट परीक्षणकालीन सवारी चालक अनुमतिपत्र वितरण  सुरु गरिएको छ । अब यसप्रकारको  सवारी चालक अनुमतिपत्र वितरण  कार्य १९  वटै यातायात  व्यवस्था कार्यालयबाट गर्ने तयारी भइरहेको छ ।”

    यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार