Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौँका ४० प्रतिशतले लगाए कोरोनाको पूर्ण खोप


    आइतबार, भाद्र २० २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । काठमाडौँमा ४० प्रतिशत नागरिकले कोरोनाविरुद्धको पूर्ण खोप लगाइसकेका छन् । स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख बद्रीबहादुर खड्काले शुक्रबारसम्म पहिलो मात्रा खोप लगाउने ४८ प्रतिशत पुगेको जानकारी दिँदै पूर्ण खोप लगाउने जनसङ्ख्या ४० प्रतिशत पुगेको बताए ।

    उनका अनुसार काठमाडौँमा पूर्ण खोप लगाउनेको जनसङ्ख्या शुक्रबार बेलुकासम्म नौ लाख १४ हजार ४८५ जना पुगेको छ भने पहिलो मात्रा लगाउनेको जनसङ्ख्या ११ लाख सात हजार ९८० जना रहेको छ ।

    उनले शङ्करापुर नगरपालिका र दक्षिणकालीमा पहिलो डोज शतप्रतिशत खोप दिन सकेको बताउँदै शङ्करापुर र दक्षिणकाली नगरपालिकामा १८ वर्षमाथिका सबै नागरिकले पहिलो डोज खोप लगाइसकेको जानकारी दिए ।

    यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार