Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कैलालीको गौरीगङ्गा नगरपालिकामा दुर्घटना: तीन जनाको मृत्यु


    शनिबार, भाद्र १९ २०७८
    500
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • गोदावरी। गए राति कैलालीको गौरीगङ्गा नगरपालिका–४ राजीपुरमा म१ज ३१९ नम्बरको विङ्गर र से१ह २५१० नम्बरको अटो ठोक्किएर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

     मृत्यु हुनेमा कैलालीको घोडाघोडी नगरपालिका–९ का २४ वर्षीय युवराज चौधरी, २६ वर्षीय भिगम चौधरी र १९ वर्षीय जितेन चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । दुर्घटनामा थप चार जना घाइते भएका छन् । घाइते हुनेमा घोडाघोडी–९ कै अटो चालक २२ वर्षीय सुरेश चौधरी, २४ वर्षीय दीपेन्द्र चौधरी, २० वर्षीय अशान्त चौधरी र ३० वर्षीय हरि चौधरी रहेको जनाइएको छ । 

     विङ्गर सहचालक कञ्चनपुरको वेदकोट नगरपालिका–१० का २५ वर्षीय धनु रावल सामान्य घाइते भएका छन् ।  विङ्गर चालक भने फरार रहेकाले उनको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताएका छन्। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार