काठमाडौं । पार्टी बिभाजनपछि लगातारको भेटघाटमा सक्रिय भएका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् । ओली बिरामी भएको कुरा उनका प्रेस सहयोगी रामशरण बजगाईंले नै पुष्टि गरेका छन् ।
निरन्तरको नेता कार्यकर्ता भेटघाट गर्ने क्रममा बढी धपेडी भएकाले अध्यक्ष ओली बिरामी भएपछि शनिबारका लागि तय भएका औपचारिक र अनौपचारिक भेटघाट बन्द गरिएको जनाइएको छ ।