Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संक्रमितभन्दा निको हुनेको संख्या बढी, थप २३ जनाको मृत्यु


    शुक्रबार, भाद्र १८ २०७८
    740
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । पछिल्लो २४ घण्टामा १७५६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २२७४ जना संक्रमणमुक्त भएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बितेको २४ घण्टामा २३ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १० हजार ८०९ पुगेको छ ।

    यस्तै हालसम्म कोरोना संक्रमितको कुल संख्या पीसीआर परीक्षणबाट ७ लाख ६७ हजार  २७१ र एन्टिजेन विधिबाट ८४ हजार ६९३ जना पुगेको छ।  यस्तै संक्रमितमध्ये हालसम्म ७ लाख २३ हजार ४५६ जना निको भएका छन् ।

    हाल देशभर ३३ हजार ६ जना सक्रिय संक्रमित रहेका छन् भने निको हुने दर ९४.३ प्रतिशत रहेको छ ।

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार