काठमाडौं । मंगलबारदेखि निरन्तर घटेको सुनको मूल्य शुक्रबार सामान्य बढेको छ । बिहिबार तोलाको २ सय रुपैयाले घटेको सूनको मूल्य आज तोलामा एक सय रुपैयाले बढेको छ । यसअघि बुधबार सुनको मूल्य तोलाको २ सय रुपैयाले घटेको थियो ।
बिहिबार प्रतितोला ९० हजार ८ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज बढेर तोलाको ९० हजार ९ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ९० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य भने बटेको छ । आज चाँदीको मूल्यमा घटेर तोलाको ११ सय ९५ रुपैयामा कारोबार भइरहेको छ ।