Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमसीसीविरुद्ध अमेरिकी दूतावास अगाडि प्रदर्शन, प्रहरीद्वारा हस्तक्षेप


    शुक्रबार, भाद्र १८ २०७८
    555
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) खारेज गर्न माग गर्दै काठमाडौंस्थित अमेरिकी दूतावास अगाडि केही युवाहरुले प्रदर्शन गरेका छन् । 

    शुक्रबार निषेधित क्षेत्रमा ‘एमसीसी खारेज राष्ट्रिय अभियान’को नामबाट युवाहरु प्रदर्शनमा उत्रिएपछि १० जना युवाहरूलाई तत्कालै प्रहरीले नियन्त्रणमा लिएको थियो ।

    उनीहरुले नेपालमा एमसीसी नचाहिने सन्देश दिने विभिन्न प्लेकार्ड बोकेर महाराजगन्जस्थित दूतावास अगाडि प्रदर्शन गरेका थिए । 

    एमसीसीकी उपाध्यक्ष फातेमा जे सुमर अर्को साता नेपाल आउने तय भएको छ ।  उनको साथमा अर्का सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स पनि  नेपाल आउने छन् । उनी नेपाल आउने भएसँगै सरकारले एमसीसी पारित गर्न खोजेको हो कि भनेर एमसीसीको विपक्षमा रहेकाहरुले सक्रियता बढाउँदै लगेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार