Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अमेरिकामा आइडा आँधी : एकै परिवारका तीन जना नेपालीको मृत्यु


    शुक्रबार, भाद्र १८ २०७८
    660
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । अमेरिकाको न्यूयोर्क शहरमा आएको बाढीमा परी एकै परिवारका तीन नेपालीको मृत्यु भएको छ । आइडा नामक आँधी र भीषण वर्षाका कारण आएको बाढीमा परी ३ नेपालीको ज्यान गएको हो।

    बाढीमा परी ज्यान गुमाउनेहरुमा सोलुखुम्बु जिल्ला दुधकुण्ड नगरपालिका–२ जुनवेशी स्थायी घर भइ हाल न्युयोर्कमा बसोबास गर्दै आएका आङ गेलु लामा, उनकी पत्नी मिङमार शेर्पा र १९ महिनाको छोरा लोप्साङ लामा छन्।

    अमेरिकामा हालसम्म ६ वटा राज्यमा वर्षा ,बाढी र घुम्रपात (टोरनाड़ो ) को कारण ४५ जनाको मृत्यु भइसकेको छ भने न्यूजर्सीमा मात्र २३ जनाको मृत्यु भएको छ। मारिनेमा ११ जना भवनहरूका सबैभन्दा तल्लो तलामा डुबेका थिए।

    आँधीपछि अमेरिकी राष्ट्रपति जो बाइडनले जलवायु परिवर्तन सङ्कटसँग जुझ्नका निम्ति ‘ऐतिहासिक लगानी’ आवश्यक पर्ने बताएका छन्।

    उनले अहिले अमेरिकाले देशैभरि जलवायुसम्बन्धी सङ्कट भोगिरहेको र त्यसको सामना गर्नु भनेको ‘जीवन वा मरणको सवाल भएको’ बताएका छन्।

    समुद्री आँधी आइडाका कारण त्यहाँ अहिलेसम्मकै उच्च वर्षा भएपछि त्यस्तो विपद् देखा परेको हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार