Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कामपा–१९ का वडाध्यक्ष श्रेष्ठको निधन, महानगरमा आज शोक बिदा


    शुक्रबार, भाद्र १८ २०७८
    645
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । काठमाडौँ महानगरपालिका–१९ का वडाध्यक्ष शशिलाल श्रेष्ठको निधन भएको छ । 

    खाना खाने नलीको क्यान्सर रोगबाट पीडित ६५ वर्षीय श्रेष्ठको बिहीबार दिउँसो नर्भिक अस्पतालमा निधन भएको वडा कार्यालयले जनाएको छ । तीन महिनाअघि मात्र उनमा खाना खाने नलीको क्यान्सर रोग पत्ता लागेको थियो । बिहानसम्म साविक झैँ कुराकानी गरेका श्रेष्ठलाई दिउँसो २ बजेपछि रोगले चापेको हो ।
      
    विद्यार्थीकालदेखि नै नेपाल विद्यार्थी सङ्घको राजनीतिमा सक्रिय भएका श्रेष्ठ २०४९ सालको स्थानीय निकाय निर्वाचनदेखि वडाध्यक्ष निर्वाचित भएका थिए । 

    विसं २०५४ र २०७४ स्थानीय निर्वाचनमा पनि नेपाली कांग्रेसबाट उम्मेदवार भई श्रेष्ठ वडाध्यक्ष पदमा निर्वाचित भएका वडा सदस्य मधुसुदन प्रधानले जानकारी दिए । पञ्चायतकालमा पनि उनी वडा सदस्य पदमा निर्वाचित भएका थिए। 

    महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीकाअनुसार वडाध्यक्ष श्रेष्ठको निधनमा महानगरले आज एक दिन शोक विदा दिने भएको छ।

    उनको शव आज विहान ८ बजे अस्पतालबाट अन्तिम श्रद्धाञ्जलीका लागि वडामा लगिनेछ। विहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म वडामा राखेपछि अन्तिम संस्कारका लागि पशुपतिमा लगिने, वडा सदस्य चन्द्रमान डंगोलले जानकारी दिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार