Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गोली हानी साथीको हत्या गर्ने सैनिक जवानलाई जन्मकैदकाे फैसला


    बिहिबार, भाद्र १७ २०७८
    845
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • चितवन । साथीलाई गोली हानी हत्या गरेको आरोपमा पक्राउ परेका सैनिक जवान गंगाधर ढकाललाई जन्मकैद गर्ने फैसला भएको छ ।

    नेपाली सेनाको समरी जनरल सैनिक अदालतले गुरुङको हत्यामा संलग्न देखिएका सैनिक गंगाधर ढकाललाई २५ वर्ष कैद सजाय गर्ने निर्णय गरेको हो ।

    महेन्द्र दल गणमा कार्यरत ‘साथी’ हुद्दा भरत गुरुङको हत्यामा संलग्न अभियोगमा ढकाललाई प्रहरीले साउन ७ मा चितवनको टाँडीबाट पक्राउ गरेको थियो । चितवनको भरतपुर महानगरपालिका–१७ स्थित सिमलडाँडा खेत नहरमा गुरुङ मृत भेटिएका थिए ।

    प्रहरी अनुसन्धानबाट कालिबहादुर गणबाट चोरेको सट मेशिन गन ‘एसएमजी’ प्रयोग गरेर उनले गुरुङको हत्या गरेको खुलेको थियो । कर्तव्य ज्यान, बैङ्किङ कसुर र हात हतियार खरखजाना मुद्दामा संलग्न ढकाललाई सैन्य अदालतले भविष्यमा सरकारी सेवामा अयोग्य ठहरिने फैसला गरेको छ ।

    हतियार ‘एसएमजी’ चोरेको आरोपमा २८ महिनादेखि जेलमा रहेका कालिबहादुर गणका अमल्दार लवकुमार गुरुङ र जवान सरोज तामाङबारे फैसला आउन बाँकी छ । २०७६ वैशाख ६ मा समरी जनरल सैनिक अदालतले गरेको निर्णयविरुद्ध उनीहरूले जङ्गी अड्डास्थित विशेष सैनिक अदालतमा पुनरावेदन गरेका थिए । विशेष अदालतको निर्णय आउन बाँकी रहेको सैन्य प्रवक्ता पौड्यालले जानकारी दिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार