Nepal Face
  • आइतबार, १० साउन २०८३
  • फार्मेसीमा अनियमितता भएकाे आशंकामा अख्तियारद्वारा भरतपुर अस्पतालमा छापा


    बिहिबार, भाद्र १७ २०७८
    700
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • वीरगञ्ज । चितवनको भरतपुर अस्पतालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापामारी गरेको छ ।

    अस्पतालले सञ्चालन गरेको फार्मेसीमा अनियमितताको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाका ५ जनाको टोलीले स्पतालमा छापामारी गरेको हो ।

    टेन्डर सहभागी नै नभएको फर्मबाट औषधि खरिद गरेको, फार्मेसीका तर्फकालाई नदिएर सिएमएलाई प्रमुखको जिम्मेवारी दिएको, न्युनतम औषधि समेत उपलब्ध नगराएको लगायतको उजुरी परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्रोतले जनाएको छ ।

    अनुसन्धानका लागि आवश्यक कागजात नियन्त्रणमा लिने काम भइरहेको स्राेतले बताएकाे छ ।

    अनियमितताको उजुरी परेपछि वीरगञ्जको नारायणी अस्पतालको फार्मेसीका बारेमा समेत अख्तियारले अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार