Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सभामुख सापकोटालाई प्रभु साहले अपराधीको संज्ञा दिएपछि…


    बिहिबार, भाद्र १७ २०७८
    800
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी छाडेर नेकपा एमालेमा प्रवेश गरेका पूर्वमन्त्री प्रभु साहले सभामुख अग्निप्रसाद सापकोटालाई अपराधीको संज्ञा दिएका छन्। 

    बुधबार भक्तपुरमा आयोजित आईटी आर्मीको केन्द्रीय कमिटीको बैठकलाई विशेष सम्बोधन गर्दै पूर्वमन्त्री शाहले सम्मानित ओहोदामा बसेका सभामुखले तटस्थ भूमिका निर्वाह गर्नुको सट्टा तल्लो स्तरको कार्यकर्ताको भूमिका देखाएको आरोप लगाएका हुन्। 

    ‘अहिले देख्न सकिन्छ, सभामुख जस्तो देशको एउटा सम्मानित ओहोदामा बसेको व्यक्ति जो तटस्थ रहनुपर्नेछ’, पूर्वमन्त्री शाहले भने, ‘तर खुलेआम रुपमा सभामुखले पदीय मर्यादा विर्सेर एउटा दलको तल्लो स्तरको कार्यकर्ताको भूमिकामा सीमित बनेको छ ।’

    यस्तै, आफूलाई सभामुखले पदमुक्त गरेको स्मरण गर्दै उनले थपे, ‘बैठकको निर्णय विना नै प्रचण्डको एकल पत्रको आधारमा हामीहरुलाई पदमुक्त गरेका  सभामुखले विधि पुर्वक दर्जनौँ सांसदलाई पदमुक्त गर्ने निर्णय पठाउँदा पनि सूचना टासीएन। ‘

    सभामुखको अमर्यादित हर्कतले वर्तमान व्यवस्था नै मजाक बनेको भन्दै सभामुखले कानून निर्माणदेखि कानूनको कार्यान्वयन अनुगमन गर्ने सम्मानित सदनको समेत अपमान गरेको उनको आरोप छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार