Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोरोना कहर : घरेलु दर्शकको साथमा भारतविरुद्ध इतिहास लेख्ने सुनौलो अवसर


    बिहिबार, भाद्र १७ २०७८
    665
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । मैत्रीपूर्ण खेलमा नेपाली फुटबल टोलीले आज (बिहीबार) भारतीय फुटबल टोलीको सामना गर्दै छ। 

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अपरान्ह ५ बजे शुरु हुने यो खेलमा नेपाललाई घरेलु दर्शकको साथ मिल्नेछ।

    कोरोनाको दुबै खोप लगाएकाहरुलाई टिकट काटेर जाने दिइने व्यवस्था भएको छ । करिब ६ हजार दर्शकले आजको खेल हेर्न पाउने बताइएको छ। खेलअघि नेपाली टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपालले इतिहास लेख्न चाहेको बताएका छन्।

    भारतविरुद्धको दुबै खेल जित्नका लागि खेलिने जानकारी दिँदै उनले रियल गोर्खालीहरु भारतको सामना गर्न तयार रहेको बताए । अक्टोबरमा हुने साफ च्याम्पियनसिपको तयारीस्वरुप नेपाल र भारतले २ मैत्रीपूर्ण खेल खेल्न लागेका हुन्। दोस्रो खेल २० गते शनिबार हुनेछ।

    हालसम्म नेपाल र भारतबीच हालसम्म १९ खेलमा प्रतिस्पर्धा भएको छ । तीमध्ये भारतले १३ खेल जितेको छ । नेपालले २ मात्र खेल जितेको छ भने ४ खेल बराबरीमा सकिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार