Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौं उपत्यकामा पाँच महिनापछि हटाइयो निषेधाज्ञा


    बुधबार, भाद्र १६ २०७८
    525
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । सरकारले काठमाडौं उपत्यकामा निषेधाज्ञा हटाएको छ ।

    आज (बुधबार) बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले पाँच महिनादेखि जारी निषेधाज्ञा अन्त्य गरि ‘निषेध’ शब्दलाई हटाएर आदेश जारी गरिएकाे हाे । ती आदेशहरू बिहीबारदेखि भदौ मसान्तसम्म लागू हुनेछन् ।

    ‘निषेध भन्ने शब्दलाई हटाएर हामीले आदेश जारी गरेका छौं । स्वास्थ्य मापदण्डहरू पालना गरेर कृयाकपलाप सञ्चालन गर्न सक्ने भन्ने मोडालिटीमा गयौं,’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले भने ।

    भौतिक उपस्थितिमा पठनपाठन नगर्न भने पनि गर्नै पर्ने अवस्थामा कोभिड १९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी विद्यालयहरु सञ्चाचालन गर्न सक्ने भएको छ ।

    त्यस्तै पसल, रेष्टुरेन्ट, होटल लगायत व्यवसायहरू सञ्चालन गर्न पाइने भएको छ ।

    स्थानीय ढुवानीको हकमा भने बिहान बिहान ९ बजेदखि ११ बजेसम्म र अपराह्न ४ बजेदेखदि ७ बजे सम्म गर्न पाइनेछ ।

    सार्वजनिक तथा निजी निर्माण कार्यको लागि निर्माण सामग्री ढुवानीको लागि भने बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म संचालन गर्न पाउने छन् ।

    241116032_1958062024367448_5307276539855958208_n.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार