काठमाडौं । बुधबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ । मंगलबार तोलाको ४ सय रुपैयाले घटेको सूनको मूल्य आज तोलामा २ सय रुपैयाले घटेको हो ।
मंगलबार प्रतितोला ९१ हजार २ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज पनि घटेर तोलाको ९१ हजार रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाले घटेको छ । आज चाँदीको मूल्यमा घटेर तोलाको ११ सय ९५ रुपैयामा कारोबार भइरहेको छ ।