Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • खेम सारु मगरको संगीत,बिशाल निरौला र समिक्षा अधिकारीको आवाजमा ‘कति मायाँ छ ’ सार्वजनिक


    बुधबार, भाद्र १६ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपालमा भइरहेको छुवाछुत तथा जातिय विवेद लाई समेटेर बनाइएको गीत ‘कति मायाँ छ’  सार्वजनिक भएको छ ।   गीतमा  चर्चित संगीतकार खेम सारु मगरको शब्द रचना, संगीत तथा  मोडलिङ  पनि खेम सारु मगरकै ​रहेको छ ।

    यस गीतमा स्वर  गायक बिशाल निरौला र गायिका समिक्ष अधिकारीको रहेको छ ।कति मायाँ छ  गीतमा एकान्त मगरको निर्देशन रहेको छ  भने एलेन मगरले छायांकन गरेका छन् ।  जातिय विवेद लाई समेटेर  निकालिएको यस  गीतमा मोडलिङ अप्सना थापाले गरेकी छिन् भने को मोडिलिङमा मनोज दुवाडी , अशोक पहारी जनम बहादुर  सिंह ठकुरी रहेका छन् । 

    एकपल्ट भनन्  , मायाँले जहर खनायो , एउटा यस्तो साथी खोज्दै छु , पारीजात ,म त झरि सकेको फूल  जस्ता दर्जनौ गीतमा  संगीत गरिसकेका  खेमसारु मगरको यो गीत कति मायाँ छ मा भने शब्द संगीत तथा मोडलिङ सबै उनको आफ्नै रहेको छ ।

     यो गीतको अडियो सबार्वजनिक भइसकेको छ भने  भिडियो भने चाँडै  बजारमा आउने कुरा यस गीतका रचनाकार एवम् संगीतकार खेम सारु मगरले बताएका छन् । छुवाछुत तथा जातिय विवेद लाई समेटेर बनाइएको यो गीत चेतनामूलक भएकोले एकपल्ट सबैले हेरेर हेर्न र सुन्न रचनाकार  तथा संगीतकारले सर्बैलाई आग्रह गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार