Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अर्घखाँचीमा घरमाथिबाट आएको पहिराले पुरिँदा एक जनाको मृत्यु, तीन घाइते


    बुधबार, भाद्र १६ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • अर्घखाँची। पाणिनी गाउँपालिका–७ अडगुरीमा पहिरामा पुरिएर एक बालिकाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

    मृत्यु हुनेमा जिवलाल सुनारकी नौ वर्षीया छोरी झरना सुनार रहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । 

    प्रहरी नायब उपरीक्षक अम्बरबहादुर थापाका अनुसार मङ्गलबार साँझ घरमाथिबाट आएको पहिराले सुनारको एकतले कच्ची घर पुरिदा बालिकाको घटनास्थलमा नै मृत्यु भएको र  अन्य तीन जना घाइते भएका थिए ।

    घाइतेको स्थानीय मेडिकलमा उपचार भइरहेको र उनीहरुको अवस्था सामान्य  रहेको जनाइको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार