Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नरैनापुर गाउँपालिकामा निषेधाज्ञा जारी


    आइतबार, जेष्ठ ११ २०७७
    800
    Shares
  • २ मिनेट पाठ
  • बाँके, ११ जेठ । आइतबार राति ८ बजेबाट बाँकेको नरैनापुर गाउँपालिकामा निषेधाज्ञा जारी गरिएको छ। कोरोना संक्रमितको जोखिम बढेसँगै निषेधाज्ञा जारी गरिएको हो ।

    मुख जिल्ला अधिकारी कुमारबहादुर खड्काका अनुसार आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले पुरै गाउँपालिकामा सेना परिचालन गरेर निषेधाज्ञा जारी गर्ने निर्णय भएको हो ।

    नरैनापुरमा मात्र १ सय १४ जना कोरोना संक्रमित छन्। जसमा एक जनाको मृत्यु भइसकेको छ। गाउँपालिकाको ५ नम्बर वडाका मात्र ६२ जना संक्रमित छन्।संक्रमित व्यक्तिहरू सबै भारतका विभिन्न ठाउँबाट आएका हुन्।

    दैनिक संक्रमित संख्या बढेको भन्दै गाउँपालिकाले संक्रमण आफ्नो नियन्त्रणभन्दा बाहिर गएको भन्दै प्रदेश र केन्द्र सरकारसँग गुहार मागेको थियो।

    सम्भावित संक्रमितहरूलाई क्वारेन्टिनको राम्रो व्यवस्था गर्न नसकेको, स्वास्थ्यकर्मीको अभाव रहेको र गाउँमा नकारात्मक हल्ला चलेको भन्दै गाउँपालिकाले सम्बन्धित माथिका निकायसँग सहयोग मागेको हो।

    त्यसैअन्तर्गत आज सिडिओसहितको टोली छलफलमा बसेको हो। छलफलले नरैनापुरमा थप स्वास्थ्यकर्मीको टोली पठाउने र जारी सिल अवस्थालाई पनि थप प्रभावकारी बनाउने निर्णय गरिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार