काठमाडौँ । राष्ट्रियसभा, दिगो विकास तथा सुुशासन समितिले राज्यले गरेका प्रतिबद्धता पूरा गर्न बाधक कानुनको पहिचान गरी संशोधन र परिमार्जनसहित घोषणा गरेका कार्ययोजना खाका बनाउन सरकारलाई निर्देशन दिएको छ ।
समितिको आजको बैठकले संरचना, सोच र दृष्टिकोणका हिसाबले दिगो विकास लक्ष्यलाई सम्बोधन गर्न विद्यमान संविधान, ऐन, कानुन बाधक रहेकाले तालमेल हुने गरी संशोधन गर्न सुुझाव दिएको हो ।
समितिमा विषय विज्ञका रुपमा संविधानसभा सदस्य खिमलाल देवकोटाले अधिकांश कानुन नयाँ संविधान जारी हुनुपूर्व तर्जुमा भएकाले दिगो विकास लक्ष्य प्राप्तिमा तादाम्यता नदेखिएको मात्र नभई विकाससम्बन्धी नीति, मौलिक हक कार्यान्वयनसँग समेत मेल नखाएको स्पष्ट गरे ।
उनले भने, ‘पञ्चायत र २०४७ को संविधानअनुुरुप निर्माण गरिएका विद्यमान संविधान र कानुनलाई दिगो विकास लक्ष्यअनुरुप नयाँ सोच एवं दृष्टिकोणबाट संशोधन गर्न जरुरी छ, राज्यको विकास लक्ष्यसँग तालमेल हुने गरी कानुन परिमार्जन हुन आवश्यक छ ।’ विकासलाई सहजरुपमा अघि बढाउन कानुनले सहज वातावरण बनाउन ठूूलो भूूमिका खेल्ने बताउँदै वरिष्ठ अधिवक्ता देवकोटाले भने, ‘सरकारको दैनिक कार्यको रखवारी, अनुुगमन र खबरदारी गर्ने संसदीय समितिले विकास लक्ष्य प्राप्त गर्ने कानुन निर्माणमा विशेष चासो दिन आवश्यक छ ।’
यसअघि बैठकमा सभापति तारादेवी भट्टले विद्यमान कानुन दिगो विकास लक्ष्य प्राप्तिका लागि बाधक भए नभएको तथा कानुनका आँखाबाट समृद्धि प्राप्त गर्ने सन्दर्भमा के कस्ता नीतिगत सुुधारको आवश्यकताबारे समितिले सुुझाव चाहेको बताए । मुलुुकलाई विकास र सुुशासनको पाटोबाट अघि बढाउने सन्दर्भमा देखिँदै आएका बहुुआयामिक समस्या, समाधानको उपायका साथै संसदीय भूमिका कस्तो हुनुु आवश्यक रहन्छ भनी नीतिगत बहसका लागि समितिले विज्ञसँग छलफल गरी राय परामर्श लिएको हो ।
बैठकमा सदस्यले मुलुुकले विकास लक्ष्य प्राप्त गर्ने हो भने संविधान र कानुनलाई विकासमैत्री बनाउन सरकार र संसद्ले विलम्ब गर्न नहुने विचार प्रकट गरे । संयुक्त राष्टसङ्घद्वारा निर्धारित सन् २०३० सम्म दिगो लक्ष्य हासिल गर्ने तथा सुुशासन सुुदृढ गर्ने सवलामा राज्यका सम्पूूर्ण संयन्त्र प्रतिबद्ध र सक्रिय रहनुुपर्ने आवश्यकतामा समितिले जोड दिएको छ । सन् २०३० सम्ममा गरिबी र कुुपोषणबाट हुने रोग पाँच प्रतिशतमा झार्ने तथा सामाजिक सुरक्षाभक्ता १५ प्रतिशत र प्रतिव्यक्ति खाद्यान्न उत्पादन ६६ प्रतिशत पुर्याउने लक्ष्य राखिएको छ । बालमृत्युुदर एक लाखमा ७० भन्दा तल झार्न पर्ने भएकाले आधाभूूत स्वास्थ्यको हकको प्रभावकारी कार्यान्वयनको खाँचो औँल्याइएको छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend