काठमाडाैं । पछिल्लो २४ घण्टामा थप १ हजार ६६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार मंगलबार १२ हजार २२२ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।
पछिल्लो २४ घण्टामा ९ हजार ११७ जनाको पिसिआर र ३ हजार १०५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।
त्यस्तै, १ हजार ७८६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।
यसको संक्रमणबाट थप २० जनाले ज्यान गुमाएका छन् । योसँगै मृत्यु हुनेको संख्या १० हजार ७५० पुगेको छ ।
हाल सक्रिय संक्रमित ३५ हजार ५९१ सय छन् । यसैगरी हालसम्म निको हुनेको दर ९३.९ प्रतिशत रहेको छ ।
यस्तै, संक्रमितमध्ये काठमाडौं उपत्यकामा ५६४ जनालाई संक्रमण देखिएको छ । काठमाडौंमा ४१३, भक्तपुरमा ६४ र ललितपुरमा ८७ जना संक्रमित थपिएका हुन् ।