Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अफगानिस्तानमा २० बर्षे अमेरिकी सैन्य उपस्थिति समाप्त भएको बाइडेनको घोषणा


    मंगलबार, भाद्र १५ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनले अफगानिस्तानमा आफ्नो २० बर्ष सैन्य उपस्थिति समाप्त भएको घोषणा गरका छन् । 

    गएराती अमेरिकाको सेनाले अफगानिस्तानबाट झन्डै २० वर्षपछि पूर्ण रूपमा आफ्ना फौज फिर्ता गरेको थियो । उक्त फौज फिर्ता भएसँगै बाइडेनले यस्तो घोषणा गरेका हुन्। 

    सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘विगत १  दिनदेखि हाम्रा सेनाहरुले अमेरिकी इतिहासको सबैभन्दा ठूलो एयरलिफ्ट चलाएका छन्, १ लाख २० हजार भन्दा धेरै अमेरिकी नागरिकहरु, हाम्रा सहयोगीहरुका नागरिकहरु, र संयुक्त राज्य अमेरिकाका अफगान सहयोगीहरुलाई बाहिर निकालेका छन् ।  तिनीहरूले यो बेजोड साहस, व्यावसायिकता, र संकल्पसंग गरेका छन् ।’

    यस्तै, उनले थपेका छन्, ‘अब, अफगानिस्तानमा हाम्रो २० बर्ष सैन्य उपस्थिति समाप्त भएको छ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार