Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • न्यूजील्यान्डमा फाइजरको खोप लगाएपछि एक महिलाको मृत्यु


    मंगलबार, भाद्र १५ २०७८
    725
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । न्यूजील्यान्डमा फाइजरको कोभिड खोप लिएपछि एक महिलाको मृत्यु भएको विवरण आएको छ । उक्त घटनालाई फाइजर कोभिड खोपसँग सम्बन्धित पहिलो मृत्यु मानिएको छ।

    एउटा स्वतन्त्र खोप सुरक्षा अनुगमन समूहले सम्भवतः फाइजर खोपका ‘मायोकार्डाइटिस’ अर्थात् मुटुको मांसपेशीको सुजन भएर ती महिलाको मृत्यु भएको हुनसक्छ। त्यस्तो अवस्थालाई दुर्लभ दुष्प्रभावका मानिन्छ।

    तर, उक्त समूहले ती महिलामा ‘पहिलेदेखि विद्यमान स्वास्थ्य समस्याहरूले खोप लिएपछिको अवस्थामा असर पारेको हुनसक्ने’ जनाएको छ।मृत्युको आधिकारिक कारण भने अहिलेसम्म निर्क्योल गरिएको छैन।

    तर, कोभिड-१९ भ्याक्सीन इन्डिपेन्डन्ट सेफ्टी मनिटरिङ बोर्डले मुटुमा उत्पन्न समस्या ‘खोपका कारण उत्पन्न भएको हुनसक्ने’ बताएको छ।

    ‘खोप लगाएको केही दिनमा मृत्यु भएको यो घटना न्यूजील्यान्डमा फाइजरको कोभिड-१९ खोपसँग सम्बन्धित पहिलो मृत्युको घटना हो। खोप लगाएको केही दिनभित्र मृत्यु भएका अरू केही घटनाबारे हामीलाई विवरण प्राप्त भए पनि अन्य घटना खोपसँग सम्बन्धित भएको मानिएको थिएन,’ बोर्डले एउटा विज्ञप्तिमा भनेको छ।

    ती महिलाको मृत्युबारे अध्ययन भइरहेको छ। शवपरीक्षणबाट मृत्युको कारण निर्क्योल हुन बाँकी छ। महिलाको उमेर तथा अन्य विवरण सार्वजनिक भने नगरिएको बीबीसीले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार