Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोरोनाको महामारीबारे चीनलाई क्षतिपूर्ति तिराउने दिवासपना हुने


    आइतबार, जेष्ठ ११ २०७७
    680
    Shares
  • २ मिनेट पाठ
  • एजेन्सी, ११ जेठ । कोरोनाभाइरसको महामारीबारे चीनलाई क्षतिपूर्ति तिराउने कसैले सोचेको छ भने त्यो दिवासपना हुने चीनका विदेश मन्त्री वाङ यीले बताएका छन्।

    बेइजिङमा संवाददाताहरूसँग कुरा गर्दै उनले कोरोना महामारीको क्षतिपूर्ति चीनले तिर्ने सवाल नै नहुने बताएका हुन्।

    अमेरिकाले वुहानको प्रयोगशालाबाट भाइरस लिक भएको, चीनले सुरूमा सूचना लुकाएको जस्ता आरोप लगाएको छ। पछिल्लो महामारीमा चीनको सुरूआती भूमिकालाई लिएर अष्ट्रेलियासहित केही पश्चिम युरोपेली मुलुकले पनि प्रश्न उठाएका छन्।

    चीनले भने ती आरोपमा कुनै सत्यता नभएको जवाफ दिँदै आएको छ। पछिल्लो समय भने चीनले महामारीको सुरू र आफूले चालेका कदमको निष्पक्ष छानबिन गर्न आफू तयार रहेको बताएको छ।

     

    विदेश मन्त्री यीले अमेरिकासँगको तिक्ततापूर्ण सम्बन्ध कोल्ड वारको सम्मुख पुगेको पनि बताएका छन्।

    अमेरिकाले नै दुई देशको सम्बन्धलाई कोल्ड वारमा धकेलिरहेको आरोप उनको आरोप छ।

    ‘हामीलाई जानकारीमा आएको छ कि अमेरिकाका केही राजनीतिक शक्तिहरूले दुई देशको सम्बन्धलाई बन्धक बनाएर नयाँ कोल्ड वारको सम्मुख धकेलिरहेका छन्,’ यीले भने।

    उनले अमेरिका र चीनले सहकार्य गरे दुबै देशलाई फाइदा पुग्ने र आपसी वैमन्यस्यताले दुबैलाई घाटा हुने बताए।

    संसारका पहिलो र दोस्रो अर्थतन्त्र भएका अमेरिका र चीन पछिल्लो समय व्यापार युद्धमा छन्।

    व्यापार युद्ध चलिरहेकै बेला चीनको वुहानबाट फैलिएको कोरोनाभाइरसले उनीहरू सम्बन्धलाई झन् तरल बनाइदिएको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार