काठमाडाैं । पछिल्लो २४ घण्टामा थप २ हजार २९५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८९२ पीसीआर परीक्षणमा १९०२ जना र ४३४१ एन्टिजेन परीक्षणमा ३९३ जना गरी २२९५ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १८०८ रहेको छ र मृत्यु हुनेको संख्या १६ रहेको छ ।
सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या 7 लाख ६१ हजार १२४ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या १० हजार ७३० पुगेको छ भने ७ लाख १४ हजार ५२० जना संक्रमणमुक्त भएका छन् ।
हाल सक्रिय संक्रमित ३५ हजार ८७४ सय छन् । यसैगरी हालसम्म निको हुनेको दर ९३.९ प्रतिशत रहेको छ।
यस्तै, संक्रमितमध्ये काठमाडौं उपत्यकामा ९०६ जनालाई संक्रमण देखिएको छ। काठमाडौंमा ६६५, भक्तपुरमा १०३ र ललितपुरमा १३८ जना संक्रमित थपिएका हुन्।