काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनाल आज स्वदेश फर्किने भएका छन्।
नेकपा (एकीकृत समाजवादी)का नेता समेत रहेका खनाल पछिल्लो समय भारतस्थित नयाँ दिल्लीमा उपचाररत रहेका थिए ।
खनालको सचिवालयले दिएको जानकारी अनुसार नेता खनाल उपचार सकेर आज ३ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको छ।
कोरोना भाइरसको संक्रमण देखिएपछि काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार गराएका नेता खनालको मिर्गौलामा समेत समस्या देखिएपछि गत असार २ गते नयाँ दिल्ली लगिएको थियो।
उनको भारतको अपोलो अस्पतालमा सफल मिर्गौला प्रत्यारोपण गरिएको थियो।