Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • घाँस काट्ने क्रममा करेण्ट लागेर एक महिलाको मृत्यु


    आइतबार, जेष्ठ ११ २०७७
    585
    Shares
  • १ मिनेट पाठ
  • भोजपुर, ११ जेठ । भोजपुरमा एक महिलाको घाँस काट्ने क्रममा आज बिहान करेण्ट लागेर मृत्यु भएको छ।

    भोजपुर जिल्ला घर भई हाल कृष्ण रानाभाटका घरमा डेरा गरी बस्ने ५४ वर्षीय सीता राईको मृत्यु भएको हो।

    रुखमा चढी घाँस काट्ने क्रममा रुखको हाँगाले हाइटेनसन तारमा छुन जाँदा करेण्ट लागी सख्त घाइते भएकी ती महिलाको उपचारका क्रममा दमौलीस्थित रत्नहरि अस्पतालमा मृत्यु भएको हो।

    शव दमौली अस्पतालको शवगृहमा राखिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार